शनिबार, ८ वैशाख २०८१

स्वदेशी लघुवित्तको आईपिओ आजबाट खुल्यो

समयपोष्ट २०७३ चैत २५ गते ५:२३

स्वदेशी लघुवित्तले  शुक्रबारबाट आईपिओ निश्कासन गरेको छ ।  कम्पनीले ३ लाख कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गरेको  हो। जसमध्ये १२ हजार कित्ता कर्मचारीका लागि र १५ हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । कम्पनीको आईपिओमा न्यूनतम ५० देखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाइन्छ।

Advertisement

इटहरीमा प्रधान कार्यालय रहेको कम्पनीको आईपिओमा  चैत २९ गतेसम्म आवेदन भर्न सकिने छ । कम्पनीको बिक्री प्रवन्धकमा  एनएमबि क्यापिटल रहेको छ ।

लगानीकर्ताले  एनएमबि क्यापिटल नागपोखरी , एनएमबि बैंकका शाखा कार्यालयहरु सुर्यविनायक, तीनकुने, चाबहिल, पुल्चोक, टेकु, बसुन्धारा, सितापाइला र थैवबाट आवेदन दिन सक्नेछन् । साथै  कम्पनीको इटहरी प्रधान कार्यालयबाट आवेदन दिन सकिन्छ । 

त्यसबाहेक सिद्धार्थ क्यापिटल नक्साल, प्रभु क्यापिटल कमलादी, ग्लोबल आईएमई क्यापिटल जमल, एनआईसी एसिया क्यापिटल बबरमहल, सिबिआइएल क्यापिटल डिल्लीबजार, काठमाडौं क्यापिटल कमलादी लगायतका स्थानबाट पनि आवेदन भर्न पाइनेछ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री