असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित हुने
समयपोष्ट
२०८२ वैशाख १७ गते २१:४९
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट चालु अधिवेशनको असार १५ गतेभित्र पारित गरिने सत्तारुढ कांग्रेस-एमालेको संसदीय दल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिबद्दता जनाएका छन् ।
नेपाल शिक्षक महासंघसँग चलिरहेको वार्ताको क्रममा संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौलाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
शिक्षक महासंघ २०७९ साल साउनदेखि विभिन्न माग राख्दै आन्दोलनरत छ। यही सन्दर्भमा समितिको सक्रियतामा दलहरूबीच विधेयक पारित गर्न सहमति जुटाइएको हो।
समितिको उपसमितिमा अहिले दफाबार छलफलको चरणमा विधेयक रहेको छ। गत चैत ८ गते गठन गरिएको उपसमितिलाई वैशाख २३ गतेभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ।
प्रतिक्रिया