मंगलबार, २४ असार २०८२

शिक्षकको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व

समयपोष्ट २०८२ वैशाख १७ गते २१:३३


सरकारले शिक्षकहरूसँग गरिएको ९ बुँदे सहमति सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उक्त सहमतिका कारण सरकारले करिब ८ अर्ब रुपैयाँ थप आर्थिक दायित्व बेहोर्नु पर्ने जानकारी दिएका छन्।

Advertisement

बुधबार राति शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री पन्तले शिक्षकहरूसँग भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।

सहमतिमा शिक्षकहरूको तलब, सेवा सुविधा, स्थानान्तरण प्रक्रिया तथा अन्य पेशागत माग सम्बोधन गरिएको छ। लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरूलाई सम्बोधन गर्न सरकारले यो कदम चालेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री