हाथवे इन्भेष्टमेन्टको खुद नाफा ४७.६७% घट्यो
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.६७ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ७ करोड ५० लाख रुपैयाँभन्दा कम हो।
कम्पनीको आम्दानीमा आएको कमीका कारण खुद नाफा प्रभावित भएको छ। समीक्षा अवधिमा सञ्चालन आम्दानी ५७.२४ प्रतिशत र कुल आम्दानी ५६.४२ प्रतिशतले घटेको छ। यद्यपि, कम्पनीको कुल खर्च पनि ४४.१७ प्रतिशतले घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेर १ रुपैयाँ ८५ पैसामा झरेको छ, जुन गत वर्षको तुलनामा २ रुपैयाँ ४ पैसाले कम हो। चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात ७४०.२६ गुणा रहेको छ।
१ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ६२ लाख रुपैयाँ र फेयर भ्यालु रिजर्भ ५१ करोड ५७ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया