शुक्रबार, २७ असार २०८२

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. बरालको राजीनामा स्वीकृत

समयपोष्ट २०८१ चैत २७ गते १६:३२


त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत गरिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बरालको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको छ।

Advertisement

डा. बरालले चैत १६ गते उपकुलपति पदबाट राजीनामा बुझाएका थिए। उनी २०८० साल फागुन १० गते माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उपकुलपति नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री