नेप्से परिसूचक बढ्यो
नेप्से परिसूचक ९.६६ अंक बढेर २६७६.२८ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स १.४४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक बढेको छ।
आज ३१७ स्टकको ४५ हजार ९४ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँबराबरको १ करोड ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहकाे परिसूचक घटेकाे छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ। दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ र व्यापार उपसमूहकाे परिसूचक सामान्य घटेकाे हाे।
नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ३३ रुपैयाँ २० पैसा बढेर ३६५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। सिईडिबी होल्डिङ्गसकाे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे २७ करोडको शेयर कारोबार भएको छ।
प्रतिक्रिया