
बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।
५० वर्षीय भण्डारी ताराखोला-३, काँक्राखोरस्थित आफ्नै गोठ नजिक मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरबाट करिब ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टिको काठको बलोमा नाइलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भण्डारीको शव फेला परेको हो।
घटनाको जानकारी दिएअनुसार, वडाध्यक्ष भण्डारीले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवले जानकारी दिए।









प्रतिक्रिया