सोमबार, २४ वैशाख २०८१

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोगको खोजीमा अफगानिस्तान

समयपोष्ट २०८१ वैशाख १२ गते १८:०२

Advertisement

अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई विश्वव्यापी समस्याको रूपमा वर्णन गर्दै मुलुकलाई लागुऔषधको खतरा विरुद्ध लड्न मद्दत गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयको काउन्टर–नार्कोटिक्स कार्यालयका प्रमुख मौलवी हसिबुल्लाह अहमदीले विश्वव्यापी समस्याका रूपमा लागुऔषध विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

राजधानी काबुलको बाहिरी इलाकामा मङ्गलबार ठूलो मात्रामा अवैध लागूऔषध र लागूऔषध उत्पादनमा प्रयोग हुने वस्तुहरू जलाउने कार्यक्रममा अधिकारीले अन्तरिम सरकार देशमा लागुऔषधको खतराविरुद्ध लड्न कटिबद्ध रहेको बताउनुभयो ।

अफिम खेती, लागुऔषधको प्रशोधन र ओसारपसार विरुद्ध प्रशासनको दृढ सङ्कल्प देखाउन छ सय ३५ केजी हेरोइनसहित २० टनभन्दा बढी अवैध लागुऔषध सार्वजनिकरूपमा जलाइएको छ ।

Advertisement

कुनै समय अफगानिस्तानमा लागुऔषध खेती ९५ प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घको लागूऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले एक प्रतिवेदनमा पुष्टि गरेपछि युद्धग्रस्त अफगानिस्तान क्रमशः लागूऔषधबाट मुक्त हुँदै गएको छ ।

कार्यक्रममा काउन्टर नोर्कोटिक्स प्रहरी मुफ्ती अहमदउल्लाह अहमदीले भन्नभयो, “लागुऔषध नियन्त्रण प्रहरीले २२ हजारभन्दा बढी कारवाही गरेको र लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा नौ हजारभन्दा बढीलाई पक्राउ गरेको छ । प्रहरीले कारबाहीका क्रममा नौ सयभन्दा बढी लागुऔषध प्रयोगशाला र १३ हजार हेक्टरमा रहेको अफिम खेती नष्ट गरेको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री