कामना सेवा विकास बैंकको सिइओमा दिनेस थकाली नियुक्त
समयपोष्ट
२०८० वैशाख १४ गते १०:१४
कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेस थकाली नियुक्त भएका छन् ।
बैंकको वैशाख १३ गते साँझ बसेको संचालक समितिको बैठकले थकालीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
उनको चार वर्षे कार्यकाल आगामी जेठ १४ गतेदेखि सुरु हुने छ ।
चार्टर्ड एकाउण्टेण्टसमेत रहेका थकालीसँग सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।
उनले प्रभु क्यापिटलको प्रवन्ध निर्देशक पदमा रहेर पनि काम गरेका छन् । प्रभु क्यापिटलमा काम गरेपछि उनी प्रभु बैंकमा गएका थिए । प्रभु बैंकमा उनी चिफ बिजनेश अफिसर थिए ।
प्रतिक्रिया