शनिबार, २२ वैशाख २०८१

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

समयपोष्ट २०८० वैशाख १२ गते १७:२३

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२/७३/७४/७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

त्यसपछिको रजिष्ट्रेशन नम्बर भएका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्नेछ । बोर्डले पुराना विद्यार्थीको हकमा मात्र परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो ।

कक्षा ११ को नियमित तर्फ जसको रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ८० हुनेछ उनीहरूको परीक्षा विद्यालयमै गरिनेछ । त्यस्तै रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७७/७८ र ७९ भएका विद्यार्थी जो परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीको हकमा समेत विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्ने बोर्डले जनाएको छ ।

Advertisement

परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको छ ।

ति परीक्षाहरू जेठ १५ गतेदेखि असार १५ गतेभित्र गर्नुपर्नेछ । विद्यालयहरूले आफ्नो अनुकूलतामा परीक्षा सञ्चालन गरी मूल्याङ्कन, नतिजा प्रकाशन एवं ग्रेडसिट प्रदान गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री