सोमबार, ७ जेठ २०८१

सिन्धु विकास बैंकबाट पनि एनआईबिएल सहभागिता फण्डको इकाई खरिद गर्न सकिने

समयपोष्ट २०७९ चैत २८ गते ११:४१

Advertisement

सिन्धु विकास बैंकबाट पनि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल सहभागिता फण्ड खुलामुखी योजनाको इकाई खरिद गर्न सकिने भएको छ ।

फण्ड संचालन गरिरहेको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले सिन्धु विकास बैंकलाई वितरण (एजेन्ट) नियुक्त गरेसँगै सिन्धु विकास बैंकबाट पनि सो म्युचुअल फण्डको इकाई खरिद गर्न सकिने भएको हो ।

क्यापिटलका अनुसार सिन्धु विक स्बंकका तोकिएका शाखाबाट एनआईबिएल सहभागिता फण्ड खुलामुखी योजनाको इकाई खरिद गर्न सकिने छ । एनआईबिएल सहभागिता फण्ड नेपालको पहिलो र सबैभन्दा ठूलो खुलामुखी सामुहिक लगानी कोष योजना हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री