शुक्रबार, २१ वैशाख २०८१

तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारवाही हुने

समयपोष्ट २०७९ चैत २६ गते ९:३२

Advertisement

 

काठमाडौं महानगरपालिकाले तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने भएको छ ।

नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र गर्दै महानगरले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार काम नगरे कारबाहीको महानगरले चेतावनी दिएको हो ।

विद्यालय आफैले पाठ्यपुस्तक, स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेसकोडको नमूना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नगराउने व्यवस्था विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ले गरेको महानगरले स्मरण गराएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री