प्रियंकालाई फ्यानले पठाए यस्तो पत्र, तत्काल छाड्दै पुख्र्यौली घर
नायिका प्रियंका कार्कीलाई एक युवाले पत्र लेखे । त्यही एउटै पत्रले कार्कीलाई ज्ञानेश्वरस्थित पुख्र्यौली घर छाड्नुपर्ने भएको छ । उनी परिवारसहित अन्यत्र सर्ने योजनामा छिन् तर कहाँ सर्दैछिन् त्यो भने उनले सार्वजनिक गरेकी छैनन् ।
उनलाई भेट्न पुग्ने धेरै अपरिचित ब्यक्ति मध्य एकजना बारम्बार घरमा धाउन थालेपछि उनका बुवाले घरमा नआउन सुझाए । र पनि ति ब्यक्ति घरमा आउँन छाडेनन् ।
केही समयपछि ति ब्यक्तिले एउटा चिठी ल्याएर घरमा छाडिदिए । प्रियंकालाई सम्बोधन गर्दै लेखिएको चिठीमा,‘म तिमीलाई धेरै माया गर्छु । तर, मैले पटक-पटक प्रयास गर्दा पनि तिमीले भेट गर्न चाहिनौ । अब यसको नतिजा राम्रो हुनेछैन ।’
सो चिठी पढेर प्रियंका र उनको परिवार चिन्तित बनेका छन् । उनले बारम्बार दुख दिन सक्ने बुझेर उनका बुवाले कमल पोखरी प्रहरीलाई स्ट्यान्डबाई राखेका छन् । अब यि नायिका परिवारसहित तत्काल ज्ञानेश्वरबाट अन्यत्र बर्साइ सदैछिन् ।
प्रतिक्रिया