फोटोनको नयाँ बर्ष अफर : १२ लाख डाउन पेमेन्ट र ९.९९% ब्याजदर मा गाडी खरिद गर्न सकिने

एमए डब्लु वृद्धी कमर्शियल भेहिकल, फोटन मोटर्सको आधिकारिक डिलर, टुनल्याण्डले नयाँ वर्ष २०८० को अवसरमा पिकअप गाडीहरूको लागि नयाँ अफर सार्वजनिक गरेको छ ।
“फ्युल योर एम्बिसन, वन यो टुनल्याण्ड” नामक यो अफरले ग्राहकहरूलाई ९.९९% को कम ब्याज दर र न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारी साधनको खरिद गर्ने अवसर प्रदान गर्दछ ।
अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज विकल्प पनि समावेश छ। “यो नयाँ वर्ष हामी हाम्रा ग्राहकहरुका लागि केहि विशेष वनाउन चाहन्छौं, र यो अफरले विशेष खुसियाली ल्याउनेमा हामी विस्वस्त छौं” एमए डब्लु वृद्धी कमर्सियल भेहिकलका सेल्स हेड नवीन आचार्यले
भने। “हामीलाई थाहा छ कि गाडी खरिद गर्नु ठूलो निर्णय हो, र हामी हाम्रा ग्राहकहरूलाई उनीहरूको
सपनाको गाडीको स्वामित्व पाउन सजिलो बनाउन चाहन्छौं।”
टुनल्याण्ड पिकअप सवारी साधन एक बहुउपयोगी र भरपर्दो सवारी साधन हो जुन व्यक्तिगत र व्यावसायिक प्रयोगको लागि उपयुक्त छ। यो नयाँ वर्षको अफरसँगै, ग्राहकहरूले अब अधिकतम कम मूल्यमा टुनल्याण्ड पिकअप गाडी खरिद गर्न सक्छन्।
यस अफरको फाइदा लिन ग्राहकहरूले एमए डब्लु वृद्धीको कुनै पनि शोरुममा गएर ग्राहक प्रतिनिधि प्रतिनिधिसँग कुरा गर्न सक्ने कम्पनीले जनाएको छ ।




























प्रतिक्रिया