मंगलबार, १८ वैशाख २०८१

सूर्यज्योति लाइफको “एमडीआरटी मीट-२०२३” भव्यताका साथ सम्पन्न

समयपोष्ट २०७९ चैत १९ गते १४:००

Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्सले “एमडीआरटी मीट-२०२३” धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले सी ओ टी, टी ओ टी, तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गर्नुभएको थियो ।

सोहि कार्यक्रममा कम्पनीको २०८० सालको क्यालेन्डर समेत अनावरण गरिएको थयो । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ ।

कार्यक्रममा आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ बृद्धि गर्न हौसला मिलेको सीओटी गौरव कुमार शाहीले जानकारी गराउनु भयो । कार्यक्रममा टीओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराउनु भयो ।

Advertisement

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबल एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न पे्ररित गर्नु भएको थियो ।

सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जर पश्चात बनेको ISO 9001:2015 बाट सम्मानित सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु. ४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री