सोमबार, १२ साउन २०८२

विद्यालार्इ करणको प्रश्न : सेक्सपछि के खान्छेउ ?, उत्तर दिएपछि यसरी लजाईन्

समयपोष्ट २०७५ वैशाख ६ गते ११:२०

बलिउड अभिनेत्री विद्या बालनलाई हालै करण जौहरले एउटा रेडियो शोमा निम्त्याए । उक्त शोमा करणले विद्याका गोप्य कुराहरु खोतलखातल पारे । उसो त उनी बलिउडमा खुल्ला मिजासकी अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनी आफ्ना निजी जीवनका कुराहरु पनि मिडियामा छताछुल्ला पार्न हिच्किचाउन्न् ।

करणको उक्त सोमा पनि उनी खुल्ला रुपमानै प्रस्तुत भईन् । खासगरी करणले उनलाई बेडरुमका विषयमा प्रश्नहरु सोधे । ती प्रश्नहरुको विद्याले सहजताका साथ जवाफ दिइन् । करणले सोधेको पहिलो प्रश्न थियो, ‘राति सुत्दा बत्ति बाल्न मन पर्छ कि निभाउन ?’ विद्याले जवाफ दिइन्, ‘मलाई डिम लाइटमा सुत्न मन पर्छ ।’

अर्को प्रश्न सोधियो, ‘बेडरुममा मैनवत्ति कि म्युजिक ?’जवाफ आयो, ‘दुवै ।’

तेस्रो प्रश्न सोधियो, कटनको तन्ना कि सिल्कको ? विद्याले कटनको तन्ना मात्रै प्रयोग गर्ने बताइन् ।

त्यसपछि करणले अलि कडा प्रश्न सोधे, ‘कामकुरो सकिएपछि चकलेट कि गि्रन टी कि फेरि एक राउन्ड ?’

तर, यो प्रश्नले पनि विद्यालाई हताश बनाउन सकेन । उनले जवाफ दिइन्, ‘सेक्सपछि म पानी पिउँछु । यौवनको प्यास बुझाउँदा बुझाउँदै पानीको प्यास तीव्र भएको हुन्छ ।’ तर जवाफ दिइसकेपछि उनी निकै लजाइन् । करण पनि धेरै बेर हाँसे ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री