सलमानले नेपाल आउँने अनुमति पाए, तीन देशको लागि प्रतिबन्ध फुकुवा
समयपोष्ट
२०७५ वैशाख ६ गते ११:०४
भारतीय अभिनेता सलमान खानलाई अदालतले नेपाल प्रवेश गर्न अनुमति दिएको छ । अदालतले जमानतमा छुटेका उनलाई अर्को सुनवाईसम्म विदेश जान प्रतिवन्ध लगाइएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो । उनले विदेश जानका लागि अदालतमा निवेदन दिएका थिए ।
उनको निवेदनमाथि मंगलबार जोधपुर अदालतले सुनवाई गर्दा २५ मेदेखि १० जुलाईसम्म विदेश भ्रमणको अनुमति दिइएको छ । यो अवधिमा सलमानले क्यानाडा, नेपाल र अमेरिकाको भ्रमण गर्नेछन् ।
कालो हरिण शिकारको मुद्दामा अदालतले उनलाई ५ वर्षको जेल सजाए सुनाएको थियो । पछि उनी जमानतमा छुटेका हुन् ।
‘द ब्याङ द टुर’ अन्तरगत सलमानले आउँदो जेठमा काठमाडौंमा प्रस्तुति दिँदैछन् ।
प्रतिक्रिया