आइतबार, १ असार २०८२

चुनढुंगाको सही सदुपयोग गर्न मन्त्रीको सुझाव

समयपोष्ट २०७५ वैशाख ५ गते ८:२८

प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताउनुभएको छ ।

Advertisement

यहाँ उत्पादित चुनढुंगाले विकास निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालाई लैजान सक्ने उहाँको ठम्याइ छ । उहाँका अनुसार रोल्पामा भएको चुनढुंगा रोल्पा तथा आसपासका क्षेत्रमा सञ्चालित सिमेन्ट कारखाना पु¥याउन सके यसले जिल्लालाई आर्थिक हिसाबमा थप माथि उठाउन सक्ने देखिएको छ ।

प्रेस चौतारी, रोल्पा तथा प्रेस सेन्टर, रोल्पाको संयुक्त आयोजनामा मंगलबार लिबाङमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

यसैबीच, पत्रकारले राखेको जिज्ञासामा चौधरीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच यही वैशाख ९ गते पार्टी एकीकरण हुनेमा अझै केही कुरा सहमत हुन बाँकी रहेको र सहमति गरेर ९ गते पार्टी एकीकरण भएरै छाड्ने जानकारी दिनुभएको छ ।

प्रेस सेन्टर रोल्पाका उपाध्यक्ष खुबिना सुनारी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नम्बर प्रदेशका सदस्य भगवती भण्डारी, नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली, नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाका सदस्य ईश्वरी जीएमलगायत तथा विभिन्न मिडियामा आबद्ध पत्रकार तथा पार्टी कार्यकर्ता समेतको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पाका सदस्य पाण्डव दशौदिले सञ्चालन गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री