क्यासिनो माजोङमा प्रहरीको छापा, ८ नेपाली नियन्त्रणमा
समयपोष्ट
२०७५ वैशाख ५ गते ६:३८
नेपालीलाई जुवा खेलाईरहेको सूचनाका आधारमा प्रहरीले मध्यरातमा कालीमाटीस्थित होटल सोल्टीमा रहेको क्यासिनो माजोङमा छापा मारेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट गएको प्रहरी टोलीले मंगलबार क्यासिनोका एमडी बिनोद श्रेष्ठसहित जुवा खेलिरहेका ८ नेपालीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा माजोङको सिईओ बताउने ओम कर्माचार्य,मकवानपुर स्थायी घर भएका बिकल्प पोखरेल, ललितपुरका शंकर पौडेल,स्वयंभुका तेन्जिङ मेलेक, काठमाडौंका रन्जित खड्गी, ललितपुरका अरुण सेडाई र मुस्ताङका साङ्गे पासाङ ठकुरी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया