शनिबार, ८ वैशाख २०८१

मन्त्री मातृका यादव भन्दछन् : रिस उठेको भरमा चोर फटाहा भन्न मिल्दैन

समयपोष्ट २०७५ वैशाख २ गते १६:०४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ता अधिकारलाई सम्मान गर्ने बताएका छन् ।

Advertisement

सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रचलित विद्यमान ऐन र कानूनका आधारमा अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभएको हो । आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा सशक्त बनाइने र त्यसभन्दा बाहिरको विषयमा सम्बन्धित मन्त्रालयलाई पत्र लेख्ने बताउँदै मन्त्री यादवले भन्नुभयो, “शिक्षा र स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर अनुगमनमा देखिएका कैफियतमा कारबाही गर्न आग्रह गर्नेछौँ ।”

उहाँले कसैसँग पनि पूर्वाग्रह नहुने बताउँदै उहाँले भन्नुभयो, “कसैप्रति पूर्वाग्रही हुँदैनौँ, दोषी नठरिएसम्म त्यसलाई कारबाही गर्दैन, रिस उठेको भरमा चोर फटाहा भन्न मिल्दैन । अनुगमनका क्रममा दोषी भेटिए सबै जनताले थाहा पाउने कारबाही गर्ने बताउँदै मन्त्री यादवले ठूला व्यवसायीमाथि निगरानीमा राखिने उल्लेख गर्नुभयो ।

अनुगमन कार्य कहिल्यै पनि नरोकिने उल्लेख गर्दै उहाँले अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय गर्न बजार अनुगमन निर्देशिकासहित ऐन कानूनलाई परिवर्तन गरेर अगाडि बढ्ने ताउनुभयो ।

विगतमा अनुगमनका क्रममा थुप्रै समस्या तथा कमजोरी देखिएका कारण अनुगमन प्रभावकारी बन्न नसकेको भन्दै मन्त्री यादवले आगामी दिनमा जनताले राहत पाउने गरी अनुगमन गरिने विश्वास दिलाउनुभयो ।

यसअघि उहाँले आजै आपूर्ति व्यवस्थापन विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित सरकारी वकिलसँग छलफल गर्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री