शुक्रबार, १४ वैशाख २०८१

‘भारतले नेपालको संविधानको विषयमा कुरा उठाएन’

समयपोष्ट २०७४ चैत २९ गते १५:४९

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ ।

Advertisement

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस विषयमा कुरा नउठ्नुले संविधान सर्वस्वीकार्य बनेको प्रष्ट पार्नुभयो ।

नेता गच्छदारले आगामी वैशाख ७ गते बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीमा खाली रहेका केन्द्रीय पदाधिकारी चुनिने बताउनुभयो ।

उहाँले विगतमा लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार कार्यकर्तालाई काँग्रेसमा सम्मानजनक सहभागिता हुने बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री