शुक्रबार, १४ वैशाख २०८१

नेपाल सरकारको १०८ संस्थामा लगानी, लाभांश उपलव्ध गराउनेमा मात्र ४ संस्था, के गर्दै छन् ९८ संस्था ?

समयपोष्ट २०७४ चैत २९ गते ६:१०

नेपाल सरकारको विभिन्न १०८ संस्थामा १ खर्ब बढी लगानी रहेको छ । तर, कतिपय संस्थाले कमाएको नाफाबाट सरकारलाई लाभांश नदिएको खुलासा भएको छ ।

Advertisement

महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरण अनुसार नेपाल सरकारले हालसम्म सार्वजनिक संस्थान लगायतका १०८ संस्थामा कुल १ खर्ब ८१ अर्ब ९१ करोड ३५ लाख सेयर लगानी गरेको छ । जसमध्ये १६ वटा विभिन्न संस्थानमा ४२ अर्ब ५५ करोड २५ लाख शेयर लगानी छ । ती संस्थानहरुले २०७२/७३ मा ६ अर्ब १ करोड ३१ लाख रुपैयाँ नाफा गरे तर सरकारलाई अहिलेसम्म त्यो लाभांश नदिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।

सरकारलाई जम्मा १० संस्थाबाट १५ अर्ब ५ करोड ८५ लाख रुपैयाँ मात्र लाभांश प्राप्त भएको छ । लाभांश उपलव्ध गराउनेमा नेपाल राष्ट्र बैंकले ७ अर्ब २५ करोड रुपैयाँ, नेपाल टेलिकमले ६ अर्ब ९९ करोड ९२ लाख रुपैयाँ, कृषि विकास बैंकले ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ । बांकी ९८ संस्थाबाट कुनै लाभांश प्राप्त भएको छैन ।

यसबाट सरकारले गरेको लगानीको तुलनामा प्रतिफल न्यून रहेको प्रष्ट देखिन्छ । यसका लागि सरकारी संस्थानको दक्षता अभिवृद्धि हुनुपर्ने सुझाव महालेखा परिक्षकको छ ।

सार्वजनिक संस्थानहरुको लगानी, ब्यवस्थापन र सञ्चालनमा स्पष्ट नीति नहुँदा समस्या निम्तिएको महालेखा परिक्षकले भनेको छ । एकाधीकारमा सञ्चालीत संस्थाहरूले गलत मूल्य नीती र व्यवस्थापकीय अदक्षताको कारण नोक्सानी व्यहोरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री