शुक्रबार, २० असार २०८२

क्वार्टरमा सुतिरहेका गाउँपालिका अध्यक्षलाई बाहिर बोलाएर मुंग्रो प्रहार

समयपोष्ट २०७४ चैत २८ गते ७:२४

ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द पौडेलमाथि आक्रमण भएको छ । गएराति करिब १० बजेतिर अज्ञात समुहले क्वार्टरमा सुतिरहेका पौडेललाई बाहिर बोलाएर मुंग्रो प्रहार गरेका हुन् । पौडेलले भने, ‘म निवासमै सुतिरहेको थिएँ, अंकल बाहिर निस्कनुस् न जरुरी काम भने , म नागरिक दुःख पाएर आए होलान् भन्ने ठानेर बाहिर निस्किए त्यहीबेला आक्रमण भयो ।’

Advertisement

आक्रमणबाट घाइते पौडेलको बायाँ घुँडा ,तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ भने हातको कान्छी औंलाको नङ समेत फुटेको छ । अहिले घाईते पौलेलको स्थानीय स्वास्थ्य संस्थामा भैरहेको गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिईन् ।

अहिले घाईते पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री