शनिबार, १५ वैशाख २०८१

नवलपरासीको गैंडाकोटमा एनआईसी एशिया बैंकको नयाँ शाखा

समयपोष्ट २०७४ चैत २७ गते ११:१२

एनआईसी एशिया बैंकले गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

Advertisement

मंगलवार एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र बैंक संचालक राजेन्द्र प्रसाद अर्यालले उक्त शाखाको संयुक्त रुपमा विधिवत् समुद्घाटन गरे ।

समुद्घाटन समारोहलाई संबोधन गर्दै मेयर छत्रराज पौडेलले सवै स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको चर्चा गर्दै आफ्नो नगरपालिकामा एनआईसी एशिया बैंक आएकोमा खुशी ब्यक्त गरे ।

संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको दावी गरे । उनले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित बनाईरहेको एवं भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिने जानकारी दिए ।

बैंकले मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब रू १३१ अर्ब पुगीसकेको छ ।

‘वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ, बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेद्धारा जारी बिज्ञप्तीमा भनिएको छ‘ बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री