शुक्रबार, १६ चैत २०८०

घुस लिएको आरोपमा इन्सपेक्टर काले बम्जन अख्तियारको नियन्त्रणमा

समयपोष्ट २०७४ चैत २६ गते ८:१२

अख्तियार दुरुपायोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका इन्सपेक्टर काले बम्जनलाई नियन्त्रणमा लिएको छ । बम्जनले मातहतका सुरक्षा अधिकारीसँग मिलेर घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज सुनसरीको इन्चार्ज समेत रहेका बम्जनले

बोर्डर आउट पोष्ट कप्तानगञ्जमा कार्यरत जवान ठाकुर खत्री र नविन खड्काले भारतिय नम्बर प्लेटको गाडी छुटाइदिने प्रयोजनका लागी घुस मागेपछि आयोगले चैत १३ गते २५ हजार घुस सहित नियन्त्रणमा लिएको थियो ।

सोही घटनामा अनुसन्धान गर्दै जाँदा कार्यालय प्रमुख समेत रहेका उनको समेत प्रत्यक्ष संलग्नता खुलेपछि नियन्त्रणमा लिईएको आयोगले जनाएको छ । विशेष अदालत काठमाडौंबाट भ्रष्टाचार मुद्धामा म्याद लिएर बम्जनबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री