शुक्रबार, १४ वैशाख २०८१

सिंहदरबारमा हुने भ्रष्ट्राचार अनियमितता रोक्न वैकल्पिक सरकार बनाउछौँ : भट्टराई

समयपोष्ट २०७४ चैत २५ गते १४:०४

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउने बताएका छन् । देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने बताएका हुन् ।

Advertisement

नयाँ शक्ति सिन्धुलीले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सिंहदरबारको अधिकार गाउँगाउँमा गएसँगै हुन सक्ने अनियमिततालाई रोक्न वैकल्पिक सरकारले काम गर्ने बताए ।

नेता भट्टराईले भने, “सिंहदरबारमा हुने भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीजस्ता प्रवृत्ति रोक्न स्थानीय, प्रदेश र संघीय तहमा वैकल्पिक सरकार बनाउन लागेका हौं ।”रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री