मंगलबार, ११ वैशाख २०८१

ओलीले मोदीलाई दिए स्पष्टीकरण : चीनतर्फ ढल्केको छैन

समयपोष्ट २०७४ चैत २४ गते २:००

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एक अर्कासँग तुलना गर्न नहुने बताएका छन् ।

Advertisement

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार चीनतर्फ नढल्केको पनि स्पष्ट पारेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका छन्,

-हामीले स्वतन्त्र परराष्ट्र नीति अँगालेका छौं ।

-अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा सन्तुलित नीति अपनाएका छौं ।

-चीन हाम्रो नजिकको छिमेकी हो ।

-मैले भन्दै आएको छु, भारतसँग हाम्रो बहुमुखी सम्बन्ध छ ।

-म एउटासँगको सम्बन्धलाई कुनै पनि रुपमा अर्कोसँग गरिने तुलनाको विरुद्धमा छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री