शुक्रबार, १४ वैशाख २०८१

हरिणको शिकार गरेपछि यसरी भाग्न सफल भएका थिए सलमान

समयपोष्ट २०७४ चैत २३ गते ९:२४

भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।

Advertisement

भारतीय सञ्चार माध्यमका अनुसार जब सलमान खानले कालो हरिणको शिकार गरेका थिए त्यति बेला उनी उक्त क्षेत्रमा रहेका गाउँका मानिसहरुलाई बन्दुक देखाएर भाग्न सफल भएका थिए ।

हरिणको सिकार गरेपछि जब सलमान भाग्न खोजे तब केही गाउँलेहरुले मोटरसाइकलमा उनको जिप्सीको पिछा गरेका थिए । आफु गाउँलेबाट घेरिएको चाल पाएपछि उनले बन्दुक निकालेर त्यसको निशाना गाउँलेहरु तर्फ तेर्साएर भागेका थिए ।

सलमान यसरी फुत्किएपछि गाउँलेहरुले उनको जिप्सीको नम्बर टिपोट गरेका थिए । जसले आज उनलार्इृ जेल पुर्याएको छ । बिबिसि

प्रतिक्रिया

सम्बन्धित सामाग्री