शनिबार, १५ वैशाख २०८१

एभरेष्टको नयाँ शाखा कावासोतीमा पनि

समयपोष्ट २०७४ चैत २३ गते ८:५४

एभरेष्ट बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ । कावासोती शाखाको उद्घाटन नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

Advertisement

उक्त कार्यक्रममा कावासोती नगरपालिकाका, मेयर चन्द्रा पुन, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासु राम पोखरेल तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र १ सय १३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री