बिहीबार, १३ वैशाख २०८१

राजपाका संसदले पार्टीलाई मासिक रु १० हजार तिर्नुपर्ने

समयपोष्ट २०७४ चैत २२ गते १२:५५

राष्ट्रिय जनता पार्टी, नेपालका संघीय संसदका सांसदहरुले पार्टीलाई प्रतिमहिना १० हजारका दरले लेबी बुझाउनु पर्ने भएको छ ।

Advertisement

पार्टी संसदीय दलको विहिबार बसेको पहिलो बैठकले संघीय संसदमा रहेका पार्टीका सांसदहरुले १० हजारको दलले लेबी बुझाउने निर्णय गरेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

बैठकले पार्टीको विधान तयार पार्न नेता लक्ष्मण लाल कर्ण नेतृत्वको विधान मस्यौदा समिति पनि बनाएको छ ।

समितिले तयार परेको विधानको आधारमा पार्टी संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक चयन गर्ने योजना रहेको पनि यादवले बताए ।

संसदीय दल बैठकले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ गराउन पनि माग गरेको छ ।

त्यसैगरी गत हप्ता रौतहट, सर्लाही लगायतका तराईका जिल्लाहरुमा असिना पानीले नष्ट गरेको बालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग पनि गरिएको छ । असिना पानीबाट भएको क्षतिको किसानहरुलाई उचित राहत दिन पनि दलको बैठकले सरकारसँग माग गरेको यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री