सोमबार, २३ असार २०८२

ओलीको भ्रमणबारे भारतीय नेता के भन्छन् : मोदीले फराकिलो छाती बनाउनुपर्छ

समयपोष्ट २०७४ चैत २२ गते ०:५३

भारत भ्रमणमा आउन लागेका नेपालका प्रधानमन्त्री केपी ओलीसंग फराकिलो छाती बनाएर प्रस्तुत हुन भारतीय संसद्का विपक्षी दलहरुले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् ।

Advertisement

नेपालको सार्वभौम हैसियतर्ला ह्रदयदेखि आत्सात गरी उसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र नपालले अन्य छिमेकीसँग राख्ने सम्बन्धलाई नेपाल, भारतबीचको सदियौंदेखिको मित्रतापुर्ण र घनिष्ठ सम्बन्धसँग नदाँज्न पनि उनीहरुले सुझाएका छन् ।

विगतमा नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप नाकाबन्दीको तहसम्म पुग्दा नेपालीको मन दुखेको स्मरण गराउँदै ती दलहरुले यसप्रति संवेदनशील भएर समकक्षी ओलीको स्वागत गर्न र नेपालका चासोहरु सम्बोधनमा कन्जुस्याँई नगर्न सुझाव दिएका हुन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री