बुधबार, १२ वैशाख २०८१

संवैधानिक इजलास शुरु

समयपोष्ट २०७४ चैत २१ गते १०:५४

सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेले आजदेखि संवैधानिक इजलासमा काम शुरु गर्नुभएको छ ।

Advertisement

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषद्को बैठकले संवैधानिक इजलासका लागि तोकेको हो । आजदेखि संवैधानिक इजलास शुरु भएको छ ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे रहनुभएको छ । सो इजलासमा प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश रहने व्यवस्था छ ।

संवैधानिक इजलाशले संवैधानिक मुद्दाको विषयमा देखिएका समस्यामा बहस हुने गर्छ । सो इजलामा करीब ४०० भन्दा बढी मुद्दा रहेका छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री