शुक्रबार, १६ चैत २०८०

चट्याङ लागेर एकको मृत्यु

समयपोष्ट २०७४ चैत २१ गते ८:४८

बेनिघाट रोराङ गाउँपालिका–२ घैराङमा चट्याङ लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्युहुनेमा घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् । घरमा सुतिरहेका वेला मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

चट्याङबाट घरमा सामान्य क्षति पुगेको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री