बुधबार, २ जेठ २०८१

अब नोकिया बार फोनहरुमा एक वर्षको रिप्लेसमेन्ट वारेण्टी

समयपोष्ट २०७९ वैशाख ८ गते २०:१५

Advertisement

अब नेपाली उपभोक्ताहरुले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेण्टी पाउने भएका छन्।

नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो ।

टिकाउपन र भरपर्दो ब्याट्री लाइफले गर्दा सबैजना नोकिया फोनलाई माया र विश्वास गर्छन्र । एउटा सेट आफुसँग राख्न चाहन्छन्। उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टी अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो ।

यो क्याम्पेन अन्तर्गत उपभोक्ताहरुले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँ फोनसँग साट्न सक्नेछन् । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागु हुँनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री