
महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टविन सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदै यस बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लवलाई १० थान डस्टवीन हस्तान्तरण गरेको हो ।
शिशुवा वरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन हस्तान्तरण गरिएको कुरा बैंकका शिशुवा शाखा प्रबन्धक बिमल बास्तोलाले जानकारी गराउनुभयो ।
एक विशेष कार्यक्रमका बिच बैंकका शिशुवा शाखाका प्रबन्धक बास्तोलाले युवा क्लवका अध्यक्ष निर्भान देवानलाई डस्टविन हस्तान्तरण गरेका हुन् ।
सोहि कार्यक्रममा बोल्दैे युवा क्लवका अध्यक्ष निर्भान देवानले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताउनुभयो ।
स्थानिय नगर वरपर फोहरमैला व्यावस्थापनमा सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुगोस् भन्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।










प्रतिक्रिया