सोमबार, ७ जेठ २०८१

क्यूआर मार्फत हुने कारोबारमा नबिल बैंकको क्यासब्याक अफर

समयपोष्ट २०७८ चैत ३० गते २१:१८

Advertisement

नबिल बैंकले महिला तथा युवा मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

नबिल बैंक र संयूक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा महिला र युवाको मर्चेन्टका लागि यो योजना सुरु भएको हो । यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्ने छ ।

सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रति कारोबार २ सय र प्रतिदिन प्रतिमर्चेन्ट अधिकतम ५ सयसम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना २०७९ वैशाख १ गतेदेखि लागू हुने नबिल बैंकले जनाएको छ ।

यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्ने छ । सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रति कारोबार २ सय र प्रतिदिन प्रतिमर्चेन्ट अधिकतम ५ सयसम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना २०७९ वैशाख १ गतेदेखि लागू हुने नबिल बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री