बिहीबार, १३ वैशाख २०८१

शिवम् सिमेन्टका अध्यक्ष डा.गोयल म्यानको कार्यकारी वोर्डको प्रथम उप–सभापतिमा निर्विरोध चयन

समयपोष्ट २०७८ चैत ३० गते १७:४१

Advertisement

नेपाल व्यवस्थापन संंघ,म्यानको कार्यकारी वोर्डको बैठकबाट शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल प्रथम उप–सभापति पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

डा.गोयल १७ जना वोर्ड सदस्य मध्येबाट प्रथम उप–सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको हो । यस्तै वोर्ड सदस्यर मध्येबाट उपेन्द्र पौड्याल अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

म्यानको चैत्र २६ गते, काठमाडौंमा सम्पन्न भएको ४१ औं बार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्फ शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जनावोर्ड सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री