सोमबार, ७ जेठ २०८१

गरिमा विकास बैंकका ग्राहकलाई ‘पोखरा बाटिका–क्लासिक होटल’मा विशेष छुट

समयपोष्ट २०७८ चैत ३० गते १६:१९


पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका–क्लासिक होटल’सँग गरिमा विकास बैंकले एक सम्झौता गरेको छ ।

Advertisement

उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २०% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षित छुट दिने गरी बैंकले सम्झौता गरेको हो ।

सम्झौताअनुसार, बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्सटेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री