आइतबार, २३ वैशाख २०८१

दुई जलविद्युत कम्पनीलाई आइपिओ निश्कासनको अनुमति

समयपोष्ट २०७८ चैत ३० गते १४:०३

Advertisement

दुई वटा जलविद्युत कम्पनीले साधारण सेयर निश्कासनको अनुमति प्राप्त गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै विन्ध्यवासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५४ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ बिक्री खुलाउने छ । कम्पनीको यस आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता सेयर बिक्री गर्ने छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री