आइतबार, ६ जेठ २०८१

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबिच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता

समयपोष्ट २०७८ चैत ३० गते ७:५८

Advertisement

नयाँ वर्षको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दराजसँग अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसादजोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासंगै बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०%सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नववर्ष २०७९ अभियान २०७८ चैत्र २८ गतेको दिनदेखि सिमित समयको लागी डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,०००।– सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्रप्तगर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ ।

Advertisement

ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेविट कार्डको लागि आजै आवेदन दिन बैंकले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री