आइतबार, ६ जेठ २०८१

सिभिल बैंकको “अद्वितीय नेपाल” शिर्षकको नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक

समयपोष्ट २०७८ चैत २९ गते १८:०९

Advertisement

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले “अद्वितीय नेपाल” शिर्षकमा नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक गरेको छ ।

कोरोना महामारीको कारण करीव धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

हामारीको कारण मानिसहरु लामो समय देखि घुम्नबाट बन्चित भएको र नयाँ नयाँ भ्रमण गन्तव्यहरुको खोजीमा रहेका हुन्छन् । उक्त क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरु सेफोक्सुण्डो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँच पोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन् ।

क्यालेण्डरका तस्वीरहरु ईमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको बताईएको छ ।

Advertisement

नेपालको अतुलनीय प्राकृतिक सुन्दरता कै कारण देश बिदेशबाट लोकप्रिय भ्रमण गन्तब्यको रुपमा नेपाल चिरपरिचित छ अनि यस क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तब्यमा मात्रै आफ्नो भ्रमणलाई सिमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुकाबारेमा जानकारी दिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री