सोमबार, ७ जेठ २०८१

एनएमबि बैंकको नयाँ बर्ष अफर : सीजीको उत्पादनमा महा छुट

समयपोष्ट २०७८ चैत २९ गते १०:३५


एनएमबि बैंकले नयाँ बर्षको अफर सार्वजनिक गरेको छ ।

Advertisement

उक्त अफर अन्र्तगर्त बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने बैंकले जनाएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ ।

अनलाइन बजार दराजबाट सामान खरिद गर्दा अच्चमको अफर

एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १०% वा रुं. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउनेछन् ।

यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागि मात्र लागु हुने जानकारी गराईएको छ ।

Advertisement

इ-एनएमबि फोन पे स्क्यान टु पे गज्जबको अफर

एनएमबि बैंकको ग्राहकहरुले इ-एनएमबि एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १०% वा रु.१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउने जानकारी गराइएको छ ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो इ-एनएमबि एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ ।

यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागि मात्र लागु हुने जानकारी गराईएको छ ।

एनएमबिका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो

एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २०% वा रुं. २,००० सम्म छुट पाउनेछन् ।

यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागि मात्र लागु हुने जानकारी गराईएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री