‘चार तरे झण्डा फरर,काँग्रेस भन्दा राम्रो पार्टी अरु कुन छ र’ (भिडियोसहित)

गायिका तथा गीतकार सायत्री थापाले सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाली काँग्रसलाई निर्वाचनमा सघाउने उदेश्यले काँग्रेस गीत ‘चार तारे झण्डा’ ल्याएकी छन् ।

Advertisement

गीत शनिबार साँझ आयोजित एक कार्यक्रममा नेपाली काँगेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरे ।

कार्यक्रममा महामन्त्री शर्माले कलाकारको श्रृजना ठुलो बल हुने बताउदै ‘चार तारे झण्डा फरर’ गीतले स्थानिय चुनावमा नेपाली काँग्रेसलाई जिताउन सजिलो हुने बताए ।

‘काँगेस गीत बनाएको गीतकार थापालाई धन्यवाद । कलाकारको यस्तै साथ र सपोट भए काँग्रेसले स्थानिय निर्वाचनमा सजिलै जित हासिल गर्छ भन्ने मेरो विश्वास रहेको छ’ महामन्त्री शर्माले अगाडि थपे ‘गीत तथा साहित्यको बल ठुलो हुन्छ ।’ शर्माले काँग्रेस गीत सबैको मनमनमा बस्ने खालको बनेको बताए ।

त्यस्तै गायिका तथा गीतकार थापाले नजिकिँदै गरेको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय प्राप्त गर्न सघाउने उदेश्यले गीत बनाएको बताइन्

Advertisement

https://www.youtube.com/watch?v=NZVYpWf2LAE

गीतले काँग्रेस भन्दा राम्रो पार्टी अन्य नभएको भन्दै मेचिदेखि महाकालीसम्म सबै मिलेर विपिको समाजवादको नारा साकार पार्नुपर्नेमा जोड दिएको छ । गरिवको दुःख हेर्ने, मजदुरको साथ दिने, विकाशको आधार नै काँग्रेस भएको समेत गीतले भनेको छ । गीतमा राम्रो र हाम्रो पार्टी काँग्रेस नै भएको समेत उल्लेख छ । साथदिने सितल दिने सबैको प्यारो रुख, काँग्रेसनै हो सबैको बुझ्ने पिर दुख जस्ता शब्दले पनि गीतमा प्रथामिकता पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री