सोमबार, ७ जेठ २०८१

एनसीसी बैंकले संस्थापकतर्फको २६ लाख ६४ हजार कित्ता सेयर बिक्री गर्ने

समयपोष्ट २०७८ चैत २४ गते १०:१७

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले संस्थापकतर्फको सेयर बिक्री गर्ने भएको छ।

बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २६ लाख ६४ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

संस्थापक नेपाल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रा.ली.ले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सर्वाधिक १९ लाख २२ हजार २२७० कित्ता सेयर बिक्री गर्न निवेदन पेस गरेको हो। यस्तै, निश्चल प्रधानले आफ्नो नाममा रहेको ७ लाद ११ हजार ८६६ कित्ता सेयर बिक्री गर्नेछन्।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकका संस्थापक लक्ष्मी ढकालले १५ हजार ८७० कित्ता, अर्जुन महर्जनले ७ हजार ६२६ कित्ता, श्रवणकुमार अग्रवालले ४ हजार कित्ता र बिनिता बज्राचार्यले एक हजार ४३४ कित्ता सेयर बिक्री गर्न निवेदन पेस गरेका छन्।

Advertisement

राष्ट्र बैंकको विद्यमान निर्देशिका बमोजिम बैंकले हाल कायम संस्थापक सेयरधनीहरुलाई सो सेयर बिक्री आह्वान गरेको छ।

राष्ट्र बैंकको एकीकृत निर्देशन नं १०/२०७८ को बुँदा १४(ख) अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ।

इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई लिखित निवेदन पेस गर्न भनेको छ।

तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री