शुक्रबार, १४ वैशाख २०८१

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक ‘आईएसआईएन’

समयपोष्ट २०७८ वैशाख १७ गते २१:२४

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडको “केएसकेएल डिबेन्चर २०८७”ले अन्तराष्ट्रिय स्तरको परिचय अंक (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन ‘आईएसआईएन’) प्राप्त गरेको छ ।

१० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको उक्त ऋणपत्र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको बैंकले जनाएको छ ।

९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीई०६८ए११०१ को आईएसआईएन प्रदान गरिएको छ ।

गत पुस २२ गते निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । आईएसआईएन ऋणपत्रलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ र फुकुवा गर्न प्रदान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री