शुक्रबार, १६ चैत २०८०

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

समयपोष्ट २०७८ वैशाख १७ गते १९:४३

Advertisement

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजिशन (प्राप्ति) गर्ने भएको छ ।
शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।

प्राप्ति पछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रकृया अगाडि बढाइने र समयमै स्वीकृती पाएमा यथाशिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्ने बताइएको छ ।

सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धि भइ ३७ हुनेछ । बैंकको एटीएम संख्या भने १९० हुनेछ । निक्षेपको आँकडा २१६ अर्ब हुनेछ भने कर्जाको आँकडा २०१ अर्ब हुनेछ । यसपश्चात् नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आँकडा २ खर्ब माथि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री