शुक्रबार, ४ जेठ २०८१

६ अर्ब डलर सडक परियोजनामा लगाउन बैंकर्स संघको सुझाव

समयपोष्ट २०७८ वैशाख १० गते १३:५४

Advertisement

नेपाल बैंकर्स संघले आगामी बजेट मार्फत बैकिङ क्षेत्रलाई लगाएको कर घटाउन माग गरेको छ ।

संघले मुलुकको अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको बैकिङ क्षेत्रलाई चुरोट, मदिरा उद्योगलाई लाग्ने कर सरह (३० प्रतिशत) आयकर लाग्नु न्यायोचित नभएको भन्दै आयकर घटाउन माग गरे हो । संघले आगामी बजेटमा आयकर २५ प्रतिशत बनाउन सुझाव दिईएको छ ।

त्यस्तै संघले विदेशी मुद्राको सञ्चिति रकमलाई ठुला परियोजनामा लगाउन समेत उनीहरुले सुझाव दिएको छ । करिब ६ अर्ब डलर सडक परियोजनामा लगाउनु पर्ने संघको सुझाव छ । यस्तै स्थानीय तहमा सञ्चित कोषको रकम स्थानीय तहमा कारोबार गर्ने बैंकमा निक्षेपको रुपमा रहने व्यवस्था गर्नुपर्ने संघको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री