शुक्रबार, १४ वैशाख २०८१

भर्ना लिन नमानेपछि एक पछि अर्को अस्पताल चहार्दा चहार्दै मृत्यु

समयपोष्ट २०७८ वैशाख ७ गते ७:०३

Advertisement

अस्पतालले भर्ना लिन नमानेपछि उपचार गर्दागर्दै कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ ।

घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका–६ देउरालीकी महिलाको कोसी अस्पतालमा मृत्यु भएको हो ।
एउटा अस्पतालले अर्को र अर्कोले अर्कोमा गर्दागर्दै एम्बुलेन्समा अक्सिजन सकिएको थियो, पाँचौ अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो ।

उपचार गर्नुपूर्व एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको आफन्तले बताए ।आजको कान्तिपुर दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री