मंगलबार, ६ चैत २०८०

लाखौँ मुल्य बराबरको अवैध कपडा बरामद

समयपोष्ट २०७८ वैशाख ६ गते १९:४५

Advertisement

अशोक खनाल
भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा पश्चिम नवलपरासी सरावल गाँउपालिका १ बासा लैजादै गरेको अवस्थामा प्रहरीले कपडा बरामद गरेको छ । सोमबार सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासीबाट खटिएको टोलीले छ लाख चौध हजार आठ सय पाँच रुपैयाँ बराबरको कपडा बरामद गरेको हो ।

थानको कपडा- ४० थान, सर्ट ३० थान, लेडिज टप्स ३८४ पिस, मेक्सि १५० पिस, कुर्ता सुरुवाल ३१ पिस, साडी ९ पिस बरामद गरी आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक माधव रेग्मी ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री