मंगलबार, ११ वैशाख २०८१

अर्घाखाँची पुगेर पुर्व कृषिमन्त्री खनालले भने-आगामी निर्वाचनसम्म ओली एक्लो हुन्छन्

समयपोष्ट २०७८ वैशाख ४ गते १९:३८

Advertisement

अशोक खनाल
पुर्व कृषिमन्त्री चन्द प्रकाश खनाल (बलदेव)ले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

शनिबार अखिल नेपाल शिक्षक संगठन सन्धिखर्क नगर कमिटीको दोश्रो बिस्तारित बैठकमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका खनालले आगामी निर्वाचनसम्म ओली इतर कम्युनिष्ट पार्टीको एकता हुँने जसले ओलीलाई एक्ल्याउने दाबी गरे ।

नेता खनालले अहिले व्यक्तिवादी स्वार्थमा रुमलिनेहरु शक्ति र सत्ता गुमेपछि पछुताउनुको विकल्प नरहेको समेत उल्लेख गरे ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिकले सिद्धान्त बिनाको विचार आफैं समाप्त हुने बताए । बिकले नेताले कार्यकर्ता उत्पादन गर्न नसक्ने बरु जनता र कार्यकर्ताले नेता उत्पादन गर्ने बताए ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष मान बहादुर पान्डे, प्रदेश सदस्य शुभाष चन्द्र बन्जाडे, जिल्ला अध्यक्ष युवराज भुसाल लगायत ले प्रशिक्षाणात्मक मन्तव्य राखेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बिक किशोर, प्रदेश समिति सदस्य छम कुमारी खनाल, धर्मराज भुसाल, रुद्र बन्जाडे , संगठनका केन्द्रीय उपाध्यक्ष मान बहादुर पान्डे, प्रदेश सदस्य शुभाष बन्जाडे, जिल्ला अध्यक्ष युबराज भुसाल लगायतको उपस्थिति रहेको थियो ।

नगर समिति अध्यक्ष झबिन्द्र खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष माधाबा भुसालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री